Friday 24 April 2020

बिनोद चौधरी खर्बपति बन्नु को राज खुल्यो । उनि के गरेर कसरी खर्बपति बन्ने आजै जान्नुहोस र सबैलाई जनाउनुहोस सक्दो सेयर गर्नुहोस

एकबेला न्युरोडमा बर्षको २०० रुपैया भाडामा व्यवशाय शुरु गरेको चौधरी परिवार कसरी भयो अर्वपति ? थाहा पाउनुहोस वास्तविकता यस्तो छ !


काठमाडौं। बिनोद चौधरी नेपाली कांग्रेसका सांसद तथा उद्योगपति हुन । उनि चौधरी ग्रुप अफ इन्डस्ट्रीजका मालिक पनि हुन । विश्वका धनि समुहमा नेपालका उनि एक मानिन्छन्।सन् २०१९ मा कुल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको चौधरी विश्वभरका धनाढ्यको सूचीमा १ हजार ३ सय ४९ औं स्थानमा छन्। थुप्रै आरोह अबरोह पारर गरेर व्यवसायमा फस्टाएको चौधरी ग्रुप अहिले नेपाल सहित विश्वका धेरै मुलुकमा विस्तार भईसकेको छ । चौधरी ग्रुपको उत्पादन वाइवाई चाउचाउ सर्वाधिक लोकप्रिय मानिन्छ ।व्यवसायमा सफल मानिएका चौधरी परिवारले ९० सालको भुकम्प पश्चात २ वर्षपछि सम्म पनि न्युरोड हालको विशाल बजार अगाडी वार्षिक २०० रूपैयाँ भाडामा लिएर पसल खोलेको चौधरी परिवारलाई नजिक बाट चिन्ने जान्नेहरु वताउछन ।
त्यो पसलका सामान बिक्री गर्न तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको दरबारमा आउजाउ गर्न चौधरी परिवारलाई रोकतोक थिएन। पछि ब्रान्डका सामान बिक्री गर्न न्युरोडमा अरुण इम्पोरियम खोले । जतिवेला त्यहाँका कतिपय आयातित सामान पनि दरबार जान्थे।चर्चित अन्तर्रा्ष्ट्रिय ब्रान्डका कपडा र अन्य समाग्री ल्याई दरबार र सम्पन्नलाई बिक्री गर्दागर्दै चौधरी परिवारले स्टील, घागो कारखानामा लगानि ग¥यो । पछिल्लो समयमा चौधरीको कपडा पसलका ग्राहक तत्कालीन राजारानी र दरबारका सदस्य हुन्थे । पञ्चालयतकालमा दरबारसँगको यो सम्पर्क उद्योग खोल्न लाईसेन्स लिन उपयोगी बन्यो।तर, परम्परागत होइन नयाँ हेर्ने विनोदको स्वभाव वाइवाइमा मात्र समिति भएन । नयाँनयाँ व्यवसायमा उनले हात हाल्दै गए।


कतिमा सफल भए कति असफल । रेडियो टेलिभिजन बिक्रीवाट सन्तुष्ट नभई पार्टपुर्जा ल्याएर उत्पादन सुरु गरे ।नेपालमै सिजी ब्रान्डको टेलिभिजन बिक्री गर्न सुरु गरे। बासुदेव चलचित्र बनाएर मनोरञ्जन उद्योगमा प्रवेश गरे । ठेक्का पट्टा, निकासी व्यापारमा पनि चौधरी परिवार संलग्न थियो । काठमाडौं त्रिशुली सडक, सोल्टी होटलको केही भाग चौधरी समूहले बनाएको हो ।देशले आर्थिक उदारीकण नीति लिएपछि बंैक, होटल, फाइनान्स कम्पनी, हाउजिङ, जलविद्युत, स्वास्थ्य, उत्पादनलगायत उद्योगमा सिजीले हात हाल्यो ।तत्कालीन समयमा यी सबै नयाँ क्षेत्र थिए। सञ्चार, बियर, चुरोटलगायत उद्योगमा पनि सिजीले लगानी ग¥यो तर, यी क्षेत्रमा योजनाअनुसार सफल हुन सकेन ।सफल व्यवशायि बिनोद चौधरी तुलनात्मक रुपमा अरुभन्दा बढि फाईदा लिन सक्ने खुबी भएका व्यक्तिका रुपमा चिनिन्छन । उनि आफु सत्तामा नभएपनि शक्ति भने सन्तुलित रुपमा राख्न सक्ने क्षमता राख्छन् । पञ्चायतका बेला चौधरी परिवारको राजा, राजपरिवारसँग निकटता थियो । पटकपटक प्रधानमन्त्री भएका स्वर्गिय सूर्यबहादुर थापासँग पनि चौधरी निकट मानिन्थे ।ठिक समयमा सही निर्णयले विनोदलाई बहुराष्ट्रिय लगानीकर्ता बन्न सहयोग गरेको समकक्षि हरुको बुझाई छ । खाडी मुलुक दुबईमा घरजग्गा व्यवसाय फस्टाइरहेको समयमा उनी त्यहाँ लगानी गर्न पुगे । त्यहाँ राम्रो पैसा कमाउन विनोद सफल भए ।दुबईको घरजग्गा व्यवसायमा मन्दी आउँदा उनी बाहिर निस्किसकेका थिए। यही समयमा उनी भारतको प्रतिष्ठित व्यवसायिक घरना टाटा समूहसँग जोडिन पुगे । श्रीलङ्का, मालदिभ्समा ताज होटल समूहसँग मिलेर लगानी सुरु गरे ।श्रीलङ्का स्टक एक्स्चेन्जको वेबसाइट खोल्यो भने पाँच तारे ताज श्रीलङ्का रिर्सोटको सञ्चालकमा विनोद र उनका परिवारका सदस्यको नाम आउँछ ।

मालदिभ्समा टाटा समूहका अध्यक्ष रतन टाटा र विनोद चौधरीका छोराले त्यहाँका राष्ट्रपतिलाई आफ्नो होटलमा स्वागत गरेको तस्बिर नेपालका सञ्चारमाध्यममा दुई वर्षअघि सार्वजनिक भएको थियो। अमेरिकाको न्युयोर्क्स्थित म्यानह्याटनसम्म सिजीको लगानी विस्तार भएको छ।विश्व आर्थिक मन्दीको असर महसुस गर्ने पहिलो नेपाली उद्यमी पनि विनोद चौधरी नै हुन । मन्दी सुरु भए लगत्तै यसबारेमा सहकर्मी सांसद र सरकारलाई सचेत गराएका थिए । चौधरीको कम्पनि सीजीभित्रै झन्डै ४० कम्पनी छन्।


200 रुपैयामा भाडा मा पसल गरेर बस्ने मान्छे खर्बपती बन्नुको पछाडी तपाईलाई के लाग्छ MR .  चौधरी मा के गुणथियोे होला जसले गर्दा उनी त्यो ठाउँबाट यहाँ सम्म पुगे आफ्नो प्रतिक्रिया लेख्न नभुल्नु होला  ।   यो पोस्ट पढेर तपाईलाई कस्तो लाग्यो सल्लाह सुझाव दिनपनी नबिर्स्नुहोला   र यो लेख लाई सेयर गरेर  हाम्रो अनि सबैको हौसला बढाउनमा मद्दत गरौं  ।
 धन्यवाद






No comments:

Post a Comment