Friday 7 August 2020

कुनै पुस्तकले जीवन नै बदलिदिन्छ पुस्तक को शक्ति हेर्नुहोस

 

जिबनलाई गहिरिहेर हेर्दा :-
जिबनमा पुस्तक पढ़नु सुन्दर भविष्यको निर्माण हो ।
युवा जागिर, बृद्धा, बच्चाहरु सबैलै पुस्तक पढ़ने बानी बसाल्नु पर्छ । पुस्तकमा जीवनका सार छुपेको छ । यदि हामीले यसलाई पार ग¥यौ भने सजिलो मात्र हुँदैन धेरै सुन्दर पनि हुनेछ ।
आजभोली हामी भाग्य र समयको अगाडी असहाय हुन्छौ । हामीले दोष दिने भनेको नियतिलाई मात्र हो । जति नै दोष नियतिलाई दिएपनि केहि प्राप्त गर्न सकिदैन । यसले तपाइँलाई मानसिक अशान्ती दिन्छ । यसले तपाइँलाई बिर्गान पर्याप्त हुन्छ ।

यदि भाग्यले तपाइँबाट केहि चिज खोसेको छ भने पनि शोक गर्नूको सट्टा व्यावहारीक भएर जीवनलाई स्वीकार्नु राम्रो हुन्छ । जीवनमा उतार चढावहरु आउदै गर्छन । सफल हुँदा चाहि खुशी हुने तर असफलतामा चाही किन दुखि हुने त ?

चुनौति र वास्तविकतालाई स्वीकार्नु जीवनको सबैभन्दा कठिन परिस्थितीसँग लड्ने एक मात्र ठुलो हतियार हो । कुनै पनि समस्याले हामीलाई दुई तरिकाले दुख दिन्छ । मानसिक र शारीरीक । यदि तपाइँको मनबाट हार मानेमा शरीरले पनि हार मान्नेछ ।

यदि जीवनमा खराव समयले ढकढक्याएको छ भने डराउनुको सट्टा उ सँग लड्ने हिम्मत राख्नुहोस्, तपाइँको राम्रो समय त्यहि पछि लुकेको हुन सक्छ । सबै समस्यासँग एकैचोटी लड्ने हिम्मत प्राप्त गर्नकोे लागि अठोट गर्नुहोस् । यो कहिल्यै टुक्रिने छैन ।

प्रत्येक संकट आफैले यसको समाधान पनि लिएर आएको हुन्छ । आफ्नो समय पर्खेर आफ्नो भाग्यलाई विश्वास गर्नुहोस् । कुनै पनि दिन नराम्रो आउन सक्छ  बनाइराख्नु पर्छ ।