Sunday 6 September 2020

वड़ा १३ मा अन्तरजातीय प्रेम सम्बन्ध रहेका जोडीलाई ज्यान मार्ने धम्की

कंचनपुर /२१ भदौ।

कंचनपुरकाे भिमदत्त नगरपालिका वडा नम्बर १३ पिपरैया बस्ने प्रदिप सुनार र ललिता बोहराबीच बिगत ५ बर्षदेखी प्रेम सम्बन्ध रहेको थियो। घटनास्थलमा केटा केटी र अभिवावक गाउँलेहरुको बयानबाट जानकारी लिदा केटा प्रदिप सुनार महेन्द्र नगरको जनज्योति केम्पसमा बेचुलर फस्ट इयरमा अध्यान गर्दै आएको तथा केटी ललिता बोहरा पुर्ण माबिमा अध्यन गर्दै आएकी र गत सालदेखि कक्षा ११ मा अध्यन छोडेर बसेकी थिइन दुबै जना एक अर्कालाई अगाडिदेखि नै प्रेम गर्ने र उमेर परा भएपछी विवाह गर्ने पक्षमा रहेका थिए ।

नेपाली समाजको पुरातनवादी चिन्तनका कारण केटी पक्षका मान्छे ले आफू भन्दा सानो जात भएका कारण केटीको विवाह १८ महिना पहिले बाल्यकाल अवस्था मै अाफ्नै जात मिल्ने केटा पक्षसंग गर्ने पक्षमा थिए ! सो कुरा थाहा पाइ पछि केटी ललिता बोहरा केटा प्रदिप सुनारलाई भगाइ लग्ने भन्ने पक्षमा थिइन ।
परिवारिक दबाब र सामाजिक साेच विचारका कारण केटा पक्ष भने सो पक्षमा थिएन,अन्तमा मिति २०७६/०१/०२ गतेका दिन पहिलो पटक ललिता बोहरा केटा प्रदिप सुनार संग प्रेम विवाह गर्छु भनी प्रदिप सुनारको पिपरैया वडा नम्बर १३ मा रहेको घरमा आएर बसेकी थिइन ,केटा पक्षले केटी पक्षका परिवारलाई जानकारी गरि जिम्मा लगाएका थिए ।

ललिता बोहराको माया प्रदिपका लागि कम भएको थिएन र उनी आफ्नो उदेश्य र प्रेम प्रति कटिबद्ध थिइन भन्ने मिति २०७७/०४/२७ गतेका दिन फेरि प्रमाणित भयो । केटी फेरि केटाको घर भागेर आइन यश पटक पनि केहि दिन बसिन तर केटी पक्षका ले फिल्मि स्टाईलमा घर घेराउ गरि फेरि लगेर गए तर यश पटक केटा पक्ष केटी पक्ष ,नागरिक समाज, बुद्धिजीवी ,समाज सेवि ,राजनितिज्ञ ,प्रसासन,वडा नम्बर १३ का वडा अध्यक्षको रहोवरमा रहि दुबैको उमेर न पुगेको किशोर अवस्थामा रहेको कारण अहिले दुबै जनालाई आ आफ्ना अविभावकका जिम्मा दिने निर्णय गरि दुबै जनालाई सम्झाइ बुझाइ गरिएको थियो ।

दुबै जना बीचको प्रेम सम्बन्धमा कुनै प्रकारको प्रभाव न परेको फेरि पनि निरन्तर एक अर्काको सम्पर्कमा रहेको र निरन्तर सम्बन्धमा रहेका थिए, फेरि तेस्रो पटक केटी ललिता सुनारको बयान अनुसार केटी पक्ष बाट विभिन्न टर्चर, यातना,पिडा दिएर हैरान परे पछी केटीलाई केटा प्रदिप सुनारको घर पठाउछु भनी नेकपाका जिल्ला कमिटी सधक्ष्य रघुबिर धामी ( तुफान ) र एक जना अर्का अपरचित ब्यक्तिको जिम्मा केटी ललिता बोहराका बुबाले नै लगाएर नेकपा जिल्ला सदस्य रघुबिर धामी र अर्को केटाले अर्को जातमा विहे गरे ज्यान मार्ने धम्की दिए र एकान्तमा लगेर राति केटीलाई धम्क्याएको जानकारी केटी ललिता बोहरा ले दिइन ।

हिजो केटी पक्षले अन्तिम निष्कर्ष मा बीस बर्ष पुग्न ५ महिना बाकी रहेका ले ५ महिना आफ्नो माइती कै घरमा रहे पनि कुनै किसिमको यातना न दियोस आफुले बालिक भए पछी प्रदिप सुनार संग मात्र विवाह गर्ने त्यो बाहेक अन्त विवाह गर्ने प्रयास गरियो भने आत्म हत्या गर्ने चेतावनी आफ्ना परिवारलाई दिदा दिदै पनि प्रहरीले दुबै केटा केटीलाई एक रातका लागि हिरासतमा राखेको छ। केटीको बयान बाट निरुत्साहित भएका केटीका परिवार भने केटालाई बाल विवाहको झुठो मुद्दा लगाउने प्रयासमा रहेका छन ।