Saturday 25 April 2020

म अनि सु.प समाज बुसानको कोरोनाको लागि भनी चलाएको अभियान

✍️✍️दुनियाँ सङ्ग पैसा उठाएर, अभियान चलाएर कोहि वरिष्ठ ज्युहरुले आफुलाई नै धेरै माथी सम्झिदैछ्न । हो, मलाई थाहा छ सुदूरपस्श्चिम समाजले चलाएका विभिन्न अभियानमा म सहभागी पनि भएको हु ।
तर यति बेला म सुदूरपस्श्चिमेली मात्र होइन, मैले सिङ्गो देसको नागरिकको हैसियतले आफ्नो फेसबुक बाट घोषणा गरि  लक्डाउनले समस्यामा पारेको नेपालीहरुलाई रिचार्ज कार्ड
नपाएर म रिचार्ज गरिदिन्छु भनेर सकेजति को रिचार्ज कार्ड मोबाईलमा रिचार्ज गर्दै झन्डै 7 लाख वोन खर्च गरिसकेको छु । त्यो भएर यो सुदूरपस्श्चिम समाजको अभियानमा सहभागी नभएको मेरो कारण हो । मेरो लागि त सिङ्गो देश जननी हो । सुप मात्र होइन । अर्को कुरा बिगतमा गरिएका पैसा उठाएर जुन अभियान चलायो सुदूरपस्श्चिम समाजले 25 हाजर नेपाली, भन्दा बढी विभिन्न अभियानमा सहयोग गरिसकेको छु । तर त्यो धेरै अभियानमा चित्त्त नबुझेकोले पनि यो अभियानमा सहभागी भएन किनकि मलाइ 100% बिश्वासनै छैन । सम्पूर्ण उठेको रकम जुन उदेश्य को लागि उठेको हो त्यो चिजमा नै लाग्छ भनेर र यो अभियान मा जोडिने हरुले अधिकान्स बचन टार्न नसकेर मात्र जोडिएका हुन्न । मित्रहरु, तपाईहरु आफ्नो पैसा सहि ठाउँमा प्रयोग भएन भनेर अवशय जाच्नु होला । दुख गरि कमाएको पैसा अभियानको नाउँ मा कसैलाइ भुँडीभर्न दिनुहुँदैन । यदि साच्चै जननी जन्मभुमी प्रति माया छ भने पैसा मागेर उठाएर होइन एक्लो सहयोग गर्ने क्षमता राख्नु । म यो अभियानमा किन सामबेस भएन त । मलाइ त्यो अभियानमा जोड्नु र हटाउनुमा कुनै औचित्य छईना ?। यति चाहिँ भन्न मन लाग्यो रकम उठाउने वा न उठाउने त्यो मेरो इच्छाको कुरा हो । मलाइ ग्रुपमा आफै जोड्ने अनि ब्लाग हान्ने हटाउने । धन्य अभियानका सयोजक ज्यु । कति हास्नु तपाईको त्यो बुद्दी बिबेक क्षमता देखेर । हा हा हा
अन्तमा यति भन्छु । वा वा जय होस यसै गरि नियमित चलोस तपाईको अभियान अनि जिन्दगी  ।
धन्यवाद 
यो लेख Motivational speaker, life Coach, Business Mentor बिस्वास बडु को फेसबुक बाल बाट साभार गरिएको छ् ।

No comments:

Post a Comment