Friday 27 March 2020

कोरियामा रहेका नेपाली हरुबाट संसार पाठ सिकोस । चारैतिर बाट तारिफ नै तारिफ

कोरियामा रहेका  बस्ने नेपाली संघसस्था, ब्यबसायी र NRN र अझैबढी  EPS भिसा बाट आएका   नेपाली दाजुभाइ एकता देखेर संसारले पाठ सिकोस  । येति बेला आफू स्वयम्  कोरोना पर्भाबित देसमा ठाउँमा भएरपनि  । आफ्नो भन्दा मात्रीभुमीको चिन्तागरि । आफ्नो देशलाई जोगाउनु छ आफ्ना देशका नागरिकलाई बचाउनु छ । माटोलाई दुख्दा आफुलाइ दुख्छ  ।  जबसम्म नेपालमा कोरोना फैलिएको वा  पुगेको थिएन  तेतिबेला नेपाल र नेपालीलाई   हामी यहाँ  सुरक्षित छौ भन्दै  आफ्न्त घरपरिवार देशबासी लाई चिन्ता नहोस  भनेर  आफू  जस्तो अवस्थामा हुदापनि आफू खुसी र सुरक्षित भएको जानकारी दिने  कोरियाबासी नेपाली दाजुभाइ । येतिबेला   नेपालमा जब कोरोना पुगिसक्यो फैलिन लाग्यो भन्दा । सामाजिक संजालबाट  सचेत गराउने देखि  एक अभियान नै चलाएर   एक ब्यक्ति एक किट्स अभियानमा ३६ घन्टा मात्र बित्दा 8 करोड वन अर्थात् 80 लाख रुपैया संकलन गरिसएको  छ । यो अभियान आइतबार सम्म जारी रहने जानकारीमा आएको छ  । देशको लागि र आफ्नो परिवारजन  लागि एक किट्स अभियानमा लगभग  सबैजना सहभागी बन्नुहुने छ भन्ने पुर्ण बिश्वास पनि NRN ले गरेको छ  । र सम्पुर्ण सहयोगी मनहरुलाइ  हार्दिक नमन  भन्दै  धन्यवाद पनि दिएको छ । साथै यो अभियान बाट विश्व का मानिसले  पाठसिक्न जरुरी छ  ।साथै बिकसित मुलुकमा  अमेरिका , अस्ट्रेलिया , जापान ,क्यानाडा लागायत बिदेसमा बस्ने नेपाली हरु त मनकारी छैनन् कि देसलाई पर्दाअलि सहयोग त गर्नुपर्ने भन्ने कुरापनि चलिरहेको छ ।।  भने  धेरै ले NRN नेपाली बिगतमा गरेको गल्ती जस्तो
अबगत  गराउदै  एन आर एन ए दक्षिण कोरिया ले नेपाल हाउस बनाउछु भन्दै 13 करोड वोन झ्वाम पारेको अझै मानसपलट मा ताजै छ , भनेरपनि चिन्ताव्यक्त ग्रदै खबरदारी गरिरहेका छन् ।  र   एक ब्यक्ती एक किट्स को नाम मा उठेको रकम पनि त्यसै गरि हिनामिना नहोस , आपत बिपत र संकट को मौका छोप्ने ब्वासा हरु मोटाएको धेरैछन्
हामिले सहयोग गरेको रकम सहि ठाउमा सदुपयोग भै प्रत्येक घर घरमा एक किट्स पुगोस ,आफ्ना लाई मात्रै होइन हरेक क्षेत्रहरुमा , शहरमा मात्रै होइन दुर्गम गाउँ गाउमा पुर्याउन पनि सकियोस भनेर चिन्ता चासो र राख्दैछन्  र खबरदारी गर्दैछन्  स्वयम   सहयोगि दाता नेपालि दाजुभाइ दिदिबहिनीहरुले   । 

Wednesday 25 March 2020

इमर्जेन्सी बिना घर बाहिर आउनेलाई लठ्ठी मात्र होइन प्रहरी दाइ गोलिठोक । किन ?कारण ?

नेपाली रहे पो नेपाल रहला । अति आवश्यक  काम बिना घर बाहिर जानेलाइ  लठ्ठी मात्र होइन नमर्ने गरेर घुडामुनि गोलि हान्ने आदेश दे सरकार  येदि मरिहाले पनि केहिछैन हाम्रो नेपाली मा एउटा भनाइ छ गोलि लागेर मर्ने त सिधा स्वोर्ग जान्छ  कोरोना लागेर मर्ने त  स्वर्ग त पर जावोस नर्कपनि  जादैन   गोलि लागेर मर्ने आफू मात्र मर्छ कोरोना लागेर मर्ने घर परिवार आफन्त गाउँ जिल्ला  देश  सबै मारीदिन्छ    ल   बरु सुर्वात मेरो घरपरिवार अनि आफन्त हुँदैगर।  मैले येति कठोर शब्द किन लेखेभने ।  कोरोना को खतरानाक स्थित आफ्नै छेउछाउ  500 मिटर भित्र को एरिया बाट सङक्रमित बिरामी मिर्तु भएका मिर्तक र तिनका आफन्त को परिस्थिति ,अवस्था, चीत्कार , नजिक बाट महसुस हुनेगरि  देखेको छु । तेसैले भन्छु लक डाउन बेला  अति आवश्यक  इमर्जेन्सी काम बाहेक घर  बाहिर आउनेलाई  सिधा गोलि ठोकीदेउ  ।

Monday 23 March 2020

नेपालमा कोरोना को र कस्तो ब्याक्तीलाई लाग्छ पूरा पढ्नुहोस ? तपाई नि पर्नु भयोकि

✍️नेपाल मा कोरोना कस्तो  ब्याग्तीलाई लाग्छ भन्नेकुरा   जुन  यसप्रकार छ WHO गाइडलाइन  र नेपाल सरकारको आदेस नियम कानुन लाई पालाना गर्दैन तेस्तो ब्याग्ती लाई कोरोना लाग्छ ।  ।। यो त भयो कस्तो  ब्याग्तीलाई लाग्छ   भन्ने कुरा अब

✍️अब बाकी 10 बुदागत दिएको छ  को   को ब्याग्तीलाई लाग्छ भन्नेकुरा...  तपाई त्यो बयाग्ती हुनुहुन्छकि नाइ  

#1= जसले साबुन पानीले बेला बेलामा राम्रो सङ्ग हात धुदैन 

#2 =  जो घरबाट निस्किन्छ र  भिडभाड वल्लो पल्लो घर छिमेकी टोल आफन्तको मा जान्छ

#3= जो मास्क लाउदैन हेलच्यक्राइ गर्छ  र कुनै अर्को ब्याग्ती ले दिएको चिज वा छोएको चिजमा पन्जा नलागाइ  खालि हात  सामत्नु वा छुनुहुन्छ भने

#4= जो पर्याप्त निद्रा नपुगाइ 6 घन्टा भन्दा कम सुत्छ

#5= जो तातो पानी खान छोडेर चिसो को चिसो पानी खाइरह्न्छ

#6= जो माछा मासुलाई  चाहिने भन्दा बढी मह्त्वो दिन्छ माछा मासु मात्र खान खोजिरह्न्छ

#7= जो  ले नाक, मुख, अँखा, अनुहार मा हातले छोइरहन्छ

#8= जो ले आफ्नो अनि परिवारको सरसफाइमा  ध्यान दिदैन

#9 = जसले नेपाल सरकार को लक डाउन नियम आदेश अनुरोध पालाना गर्दैन

#10= जो रुघाखोकी लाग्दा सामान्य हो भनेर हेलच्याक्राइ गर्छ

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 अब तपाई माथी को दसकुरा गर्नुहुन्छ भने तपाईलाई लाग्ने निश्चित  जस्तैहो येदि तपाईले माथी को कुरा कुनैपनि कुरा गर्नुहुन्न  सजक हुनुहुन्छ भने  तपाईलाई  कोरोना लाग्ने संभावना  शून्य जस्तै छ ।
note ===   येदि कोरोना लागीहालेपनि मर्ने संभावना भने थोरै मात्र छ यो  सयमा दुई तीन जना मात्र मर्नेहुन्  ती  पनि पहिलेदेखि नै जसलाई जटिल रोग लागेको छ र लापरबाही गर्छन्   ।।   अन्यलाइ  लागिहाल्यो भनेपनि ===  सरकारले लागु गरेका  नियम र माथी का कुरापालन गर्यो भने कोरोना लागेपनि तपाई राम्रो हनुहुहुनेछ ।         ✍️✍️अनुरोध  आफुपनि बचौ अरुलाइ पनि बचाउ  यो पोस्ट सक्दो सेयर गरौ

Sunday 22 March 2020

WHO ले भन्यो भारत बाट नेपालमा कोरोना भित्रीने 99.9% संभावना छ । येदि नेपालले आजै भारत सङ्ग जोडिएको नाका बन्द नगर्ने हो भने

बिस्व स्वास्थ्य सङ्गठ्न WHO ले भन्यो अरु देशबाट होइन  नेपालमा  भारत बाट कोरोना  आउने 99.9 % संभावना छ।    विश्व कोरोना भाइरस बाट आतंकित भैरहेको बेला छेमिक मुलक चीन र भारत समेत देखिसकेको कोराना भाइरस  नेपालमा भने  आज सम्म   देखिएको छैन   ।   यो नेपाल र नेपालिको लागि सुखदपक्ष हो येतिबेला नेपाल ले भारत बाट नेपाल आउने सम्पूर्ण  नाका बन्द नगर्नेहो भने  नेपाललाई अबको सबभन्दा बढी खतरा भारत बाट छ ।  किनभने भारत बाट खुल्ला सिमान छ जो कोहि पनि निर्बाद रुपमा नेपाल आउन सक्छन्  अहिले भारत बाट आउने नेपाली दाजुभाइ मात्र होइन भारतीय नागरिकपनि  नेपालि  सङ्ग सङ्गै आइरहेका छन् ।

 हिजो मात्र कंचनपुर को गड्डाचौकी नाकाबाट 13000 हाजार मान्छेहरु नेपाल भित्रीएका छन्   । सिमाना मा चेक जाँच त गरेजस्तो गरेको देखिन्छ तर एकैदिनमा तेति मान्छेहरुलाइ  राम्रो सङ्ग जाँच गर्न कहाँ संभावना  छ नेपालको त्यो सिमित साधन र सोर्तले  । मानौ चेकजाँच गरेको भएपनि  यो कोराना भाइरस  लक्षण 14 दिन सम्म जतिबेलापनि देखिन सक्छ  जुन ती भारत बाट नेपाल आउने भारतीय नागरिकको  को त कुरा छौडो ।  नेपाली दाजुभाइ दिदिबहिनी हरु जुन आएका छन्  तिनी हरुले त्यो 14 दिन सम्म कति  आफ्नो घरपरिवार लागायत अन्य ठाउँ  जन्ती भोज पार्टी आफ्न्त  भेट्छ्न होला । बाजारमा किनमेल गर्छन होला । येदि ती भारत बाट आउने त्यो संक्रमण भएर आएको मान्छे 
नाकामा चेक जाच मा कोराना ज्वरो चेक गरेर छोडियो  । आएको 4.5 दिनपछी उसलाई अलि अलि ज्वरो आयो आजभोलि भन्दै चेकअप  हस्पिटल गराउन जान  दुइदिन अरु लापरबाही गर्छ जब 15 दिन सम्म थला नै पर्छ तब हस्पिटल जान्छ  त्यो बिचमा जति मान्छेलाई भेट्यो  घरपरिवार देखि अन्य सब संक्रमीत भैसकेको हुनेछन्   । त्यो बेलाको स्थित कस्तो होला नेपाल र नेपालीको लागि इटाली भन्दा पनि भयावह स्तिथीहुनेछ   । आज सम्म जो जो भारत बाट आएका छन् सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी अनिवार्य 14 दिन  घरमा सेल्फ क्वारेन्टाइन मा बस्नुपर्छ   ।  र  नेपाल सरकार ले आजै अहिले बाट नै  भारत सङ्ग जोडिएको सबै नाकाहरु बन्दगरोस ।   नत्र  भारत बाट आउने नागरिक हरुले  नेपालमा कोराना भित्र्याउनेछन्  नेपाल ले सोचेभन्दा पनि बढी  क्षेती बेहोर्नु पर्ने छ  आजै भारत सङ्ग जोडिएको सम्पूर्ण नाकाहरु  बन्द नगर्नेहो भने ।       यो पोस्ट बढी भन्दा बढी सेयर गरेर नेपाल सरकार र सम्पुर्ण नेपाली जन्ता सम्म पुर्याउ

Saturday 21 March 2020

के सहयोग चाहिन्छ कोरोनाकोलागि सि जिनले चिनबाट नेपाल र नेपाली लाई संदेश पठाएर/ नेपाल सरकारलाइ पत्र लेख्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सुरुमै प्रभावित भएको छिमेकी चीनले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ । चिनियाँ दूतावास मार्फत चीनले नेपाल सरकारलाई के-के सहयोग र सहा यता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको छ ।चीनले नेपाललाई पठाएको पत्रमा सोधिएको छ– के नेपाल योबेला चीनको सहयोग र सहायता चाहान्छ ? जस्तो कि नेपाल लाई उर्जामा सहायता चाहिएको हो ? नेपाललाई हामीले मास्क र अ’न्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउनु पर्छ ? हामी जुनसुकै बेला पनि तप्तर छौं । चीनले नेपालमा कोरोना भाइरस संक्रमण अन्त्य भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक चीनबाटै पहिलो भ्रमण गराउन समेत चाहेको
जनाएको छ ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल कोरोना संक्रमणको सम्भावित दबावमा रहेको र यसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको भन्दै चीन यसबेला नेपाललाई सबैखाले सहायता दिन तयार रहेको जानकारी गराइएको छ । चीनले केही राष्ट्रलाई सहा यता बढाउने नीति अनुरुप नेपालको आवश्यकता के हो भनेर सोधेको हो ।केही दिनअघि मात्र चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग टेलिफोन गरी नेपाललाई कोरोना संक्रमणबाट जोगाउन चीनले आवश्यक जुनसुकै सहायता गर्ने बताएका थिए । नेपालले चीनलाई कोरोना विरुद्ध लड्न १ लाख थाम मास्क पठाएर ऐक्य वद्धता जनाएको थियो ।त्यस्तै उसले चीनले नेपालका विकास परियोजनाहरुमा तिब्रता दिइने समेत बताएको छ। चीनसँग आवश्यक सहयोगबारे छलफल भइरहेको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताए । उनले चीन र भारत दुवैतिरबाट सहयोगको कुरा आएको प्रष्ट पार्दै नेपाल सबै छिमेकीहरुसँग मिलेर यो महामारी वि’रुद्ध ल’ड्न सक्षम रहेको बताए ।

इटालीका पर्यटक भन्छन् हामी भाग्यमानी मान्छे रैछौ तेसैले यो बेला नेपालमा छौ । यो बेला हामी इटाली जान चाहदैनौ

इटाली बाट छोराछोरी फेसबुकमा कुरागर्दै  भन्छन् न आउ इटाली अहिले नेपालमै बस्नुहोस।                                                 
    फेवातालको आडैमा बसेर दुई इटालियन महिलाले एक नेपाली व्यवसायीसँग सल्लाह मागे, ‘सिक्लेस ठीक कि धम्पुस ?’ व्यवसायीले कास्कीका दुवै पर्यटकीय गाउँसम्म पुग्न लाग्ने समय, खाने, बस्ने खर्चको विवरण सुनाए ।

५९ वर्षीया ज्योभना तोमासी ‘ट्राभल ब्लगर’ हुन् । उनी वर्षमा मुस्किलले दुई महिना इटाली बस्छिन् । अरू समय विदेश घुमेरै बिताउँछिन् । किताब लेख्ने तयारीमा रहेकी उनी नेपाल आएको तेस्रोपल्ट हो, पोखरा दोस्रोपल्ट । मार्च ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झर्दा उनको ज्वरोबाहेक केही नापिएन । नत स्वस्थ रहेको प्रमाणपत्र नै मागियो । मार्च ६ मा उनीसँगै जोडिइन् ६९ वर्षीया डोनिनी डोनाटेला । श्रीलंका बसेर आएकी उनले स्वस्थ भएको प्रमाणपत्र विमानस्थलमा बुझाइन् । क्वारेन्टाइनमा बस्न दुवै जनालाई भनिएको थिएन । कोभिड–१९ को संक्रमणका कारण उनीहरूको देश ‘लकडाउन’ गरिएको छ ।


विश्व कोभिड–१९ को त्रासमा रहँदा दुवै जना काठमाडौंमा फुक्काफाल घुमे । १० दिन काठमाडौंमा बिताएर चितवन हान्निए । तीन दिन सौराहा वरपर बिताए । बुधबार पोखरा आए । दुवै गुम्बामा पुग्छन् । प्रार्थना गर्छन् । डाँडामा पुगेर ध्यानमा मग्न हुन्छन् । नेपाल आउनुअघि १५ दिन सेल्फ क्वारेन्टाइनमा बसेको ज्योभनाले सुनाइन् । त्यसअघि उनी १५ दिन ओमनमा बिताएर आफ्नो देश पुगेकी थिइन् ।


ज्योभनाको अप्रिल ३ सम्म र डोनिनीको अप्रिल ५ सम्म भिसा छ । दुवैको उडान मार्च २६ मा छ । थाई एयरलाइन्सबाट बैंकक हुँदै इटाली पुग्ने योजना डामाडोल भएको छ । कोभिड–१९ संक्रमणको जोखिमकै कारण थाई एयरलाइन्सले उडान बन्द गरिसकेको छ । नेपालबाट इटालीको सीधा उडान छैन । ज्योभनाले भनिन्, ‘हामी नेपाल छोड्न सक्दैनौं । इटालीभन्दा यहीं सुरक्षित छ ।’


एक महिना भिसा थप्ने सोच बनाएका उनीहरूसँग समय उपयोग गर्ने आफ्नै योजना छ । नजिकैबाट हिमाल देखिने कुनै गाउँ जाने, प्रकृतिसँग रमाउने, लेख्ने र मानिसबाट टाढा बस्ने । लामो समय नेपाल नबस्ने सोचले आएकी ज्योभनाले ल्यापटप बोकिनन् । हातैले लेख्न बानी पार्ने तयारीमा छिन् ।


आफ्नो देशबाट पैसा पठाउने कार्यालय पनि बन्द भएकाले खर्च अभाव हुन सक्ने डर पनि उनीहरूसँग छ । दुवैले इटालीमा चिन्ता गर्नुपर्ने कोही छैन । बूढा बुबाआमा छैनन् । छोराछोरी सेल्फ क्वारेन्टाइनमा सुरक्षित छन् । उनीहरूसँग दिनदिनैजसो फेसबुकमार्फत कुराकानी हुन्छ । नेपालमै बस्न छोराछोरीले सुझाउँछन् । ‘मेरो देशबाहिर बस्ने बानी परिसक्यो,’ डोनिनीतिर हेर्दै ज्योभनाले भनिन् । ‘मलाई पनि यहाँ बस्न कुनै समस्या छैन,’ डोनिनीले भनिन् ।


पोखरामा पर्यटकको चाप कम भएपछि खाद्यान्नको खपत कम भएको छ । होटलबाट कम फोहोर निस्किएका छन् । तालतिर सोझिएका ढल बग्न छाडेका छन् । फेवाताल अरू बेलाभन्दा सङ्लो देखिएको छ । तालको पानी हातैले उघाएर पिउन मिल्नेजस्तो देखिन्छ । ज्योभना र डोनिनी बस्ने इटालीको सहर ब्रेसियामा दुई ठूला ताल छन्, गर्दा र इसियो । फेवाताल यी दुईलाई इसियोजस्तै लाग्छ । फेवाको मुहान हर्पन खोलाजस्तै छ, ओग्लियो नदी । पहाडको बीचमा रहेको फेवा हेरेर इसियोको तिर्सना मेट्छन् ।


यहाँका नेपालीले दुवैको मन जितेका छन् । ‘पोखराका मानिस आत्मीय छन्, मित्रवत् व्यवहार गर्छन्,’ ज्योभनाले भनिन्, ‘कोरोना फैलिएको देशबाट आएको भने पनि छिछि र दुरदुर गर्दैनन् । यो एकदमै राम्रो पक्ष हो ।’ नेपालमा सबै निस्फिक्री घुमिरहेको देख्दा डोनिनी आफूलाई सुरक्षित महसुस गर्छिन् । नेपालीले पर्यटकलाई गर्ने व्यवहारले आफूलाई सुरक्षित महसुस गराएको उनले बताइन् । नेपाल सरकारले सही सूचना दियोस् भन्ने उनीहरू चाहन्छन् । ‘सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हो भने जानकारी गराइदिए राम्रो,’ दुवैले भने, ‘बेलाबेला स्वास्थ्य परीक्षण पनि गरिरहनुपर्छ ।’ //                                   साभार : फेसबुक     

Friday 20 March 2020

इटाली बाट विस्व लाई एक युवाको कोरोना भाइरस को लागि संदेश र इटाली मा भयावह अवस्था आउनुको यथार्थ कारण

कोरोना संक्रमण बारे एकजना इटालियन नागरिकको आवाज, समय निकालेर पढ्नुस

March 16, 2020     2:36 pm

अहिले कोरोना भा’ईरस (कोभिड-१९) को प्रकोप सबैभन्दा बढी इटालीमा फैलिदै छ, देश पूरै ‘लक डाउन’ अवस्थामा छ। त्यहाका एक नागरिकले विश्वका अरु देशका नागरिक र सरकारलाई इटालीको अनुभवबाट सिकेर दिएको सन्देश।
सबैलाई थाहा भएको कुरा हो, अहिले कोरोना भा’ईरस (कोभिड-१९) फैलिएको कारणले पूरै इटाली क्वारान्टाइनमा छ। त्यो भनेको बाहिर निस्कने अती आवश्यक काम नभए सम्म देशका सबै नागरिक, सबै जना सकेसम्म घरमा नै बस्नुपर्छ। यो नराम्रो र ड’रलाग्दो अवस्था हो, तर यो भन्दा पनि ड’रलाग्दो के हो भने बाँकी संसारका देशहरुले आफ्नो देशमा यो भा’ईरस नआईपुगेको र धेरै नदेखिएको भन्दै हामीलाई त केही हुँदैन भनेर ढुक्क सँग बसेका छन्। हामीलाई थाहा छ तिमीहरुले के सोचिरहेका छौ, किनकी हामी पनि केही समय अघी त्यही अवस्थामा थियौं।
एकछिन हेरौं हामी र हाम्रो इटाली लगभग २-३ हप्तामा कसरी त्यो अवस्थाबाट यो अवस्थामा आइपुग्यौं।
पहिलो स्टेज– तिमीलाई थाहा छ कोरोना भाईरस छ भन्ने कुरा, तिमीले न्युजमा पढेका छौं, टिभी, इन्टर्नेटमा त्यो बारे समाचार हेरेका छौ। पहिलो दोस्रो गरेर केही पोजिटिभ केसहरु तिम्रो देशमा देखिएका छन्। डराउनुपर्ने केही छैन, यो अली कडा खालको रुघा खोकी मात्रै हो, बुढाबुढीहरुलाई मात्र ड’र हुन्छ। जवानहरुले त भाईरसलाई पचाईहाल्छन्। गर्मी लाग्दैछ, भा’ईरसहरु म’रिहाल्छन्। म सुरक्षित छु, ढुक्क छु। सबै किन यती सार्हो आत्तिरहेका छन्, बेकारमा मान्छे त’र्साउने काम गर्दैछन्। केही डर छैन।
दोस्रो स्टेज- अब बिस्तारै पोजिटिभ केसहरु बढ्न थालेका छन्, अब स-साना क्षेत्रहरुलाई ‘रेड जोन’ भनेर तोकिन थालिएको छ, शुरुमा केस देखिएका शहरहरुमा अली बढी विरामी देखिन थालेका छन् (फेब्रुअरी २२ तिरको कुरा)। तर पनि आत्तिनुपर्ने केही छैन, त्यहीका डाक्टर, नर्स, अस्पतालहरुले हेर्दैछन्। केही मान्छे मरेका छन् तर सबै बुढाबुढीहरु छन्, पहिलेदेखी सुगर, दम जस्ता अरु रोग लागेका हरु छन्। मिडियाहरुले बेकारमा सानो कुरालाई ठुलो बनाएर मान्छे त’र्साउदैछन्। म आफ्नो काम गरिरहन्छु, व्यापार व्यवसाय गरिरहन्छु, साथीभाइ भेटिरहन्छु, मलाई यो भा’ईरसको ड’र पनि छैन। यहाँ सबै ठिकै छन्।
तेस्रो स्टेज- अब पोजिटिभ केसहरु छिटो छिटो बढ्दैछन्, दिनमै दोब्बर देखिन थालेका छन्, धेरै म’र्न थालेका छन्। ‘रेड जोन’ र ‘क्वारान्टाइन क्षेत्र’ भनेर सरकारले अरु अरु शहरहरुलाई पनि तोक्दैछ। इटालीमा मार्च ७ सम्ममा एक चौथाई देश क्वारान्टाइनमा बसीसकेको छ। ती क्षेत्रका स्कुल, कलेजहरु बन्द भएका छन् तर रेस्टुरेन्ट, बार, फिल्महल, अफिसहरु अझै खुल्ला छन्। कुनै पत्रीकामा पूरै देश लक डाउन हुने समाचार अफिसियल्ली आउनु भन्दा अघी लिक हुन्छ, अनी करिब १० हजार जना ती ‘रेड एरिया’ तोकिएका भाईरस फैलिएको क्षेत्रबाट भाईरस नफैलिएका क्षेत्रमा भएका आ-आफ्ना घर फर्कन्छन्। बाँकी तीन चौथाइ इटालीका बासिन्दाहरुको दैनिकि खासै बद्लिएको हुँदैन, उनीहरु साबुन पानीले हात धुन्छन्, मास्क लगाएर हिड्छन्, भेला, समारोह नगरौं, सकेसम्म घरमै बसौं भन्ने सन्देश रेडियो, टिभीमा बजिरहन्छ। तैपनी अवस्था कती सम्म बिग्रनसक्छ भनेर उनीहरुले अनुमान लाउन सकेका छैनन ।
चौंथो स्टेज– पोजिटिभ केसहरु ह्वात्तै बढ्न लागेका छन्, सबै स्कुल कलेजहरु कम्तीमा १ महिनाका लागि बन्द भएका छन्। देशमा स्वास्थ्यको इ’मर्जेन्सी घोषणा गरिएको छ। अस्पतालहरुमा विरामी भर्ना गर्न ठाउँ नपुगेपछी अन्य सामान्यहरुलाई हटाएर खाली गर्न लागिएको छ, रेगुलर अप्रेसनहरु क्यान्सिल गरिएका छन्, भएका डाक्टर, नर्स, स्वास्थ्यकर्मीले विरामीको चाप धान्न सकेको छैन। रिटायर्ड भईसकेकाहरुलाई बोलाइएको छ, अन्तिम वर्ष पढ्दै गरेकाहरुलाई काममा खटाइको छ, स्वयमसेवकहरु भर्ना गरिएका छन्। सिफ्टमा काम गर्ने भन्ने नै छैन, जती काम गर्न सकिन्छ, गर्नु भनिएको छ। डाक्टर नर्सहरुलाई पनि भाईरस सं’क्रमण देखिएको छ, उनीहरुको परिवार, बच्चाबच्चीलाई पनि देखिएको छ। भाईरस संक्र’मण जटिल भएर निमोनिया भएका विरामीहरु थुप्रीन थालेका छन्, आइसीयु चाहिने विरामीहरुको भिड बढ्न थालेको छ, तर विडम्बना आइसीयु बेड खाली नै छैन, अझ भर्ना गर्नलाई सामान्य बेडहरु पनि खाली छैन, भर्ना गरेपनी हेर्नलाई पर्याप्त स्वास्थ्यकर्मी छैनन्। यो एउटा यु’द्दक्षेत्र जस्तै भएको छ। डाक्टरहरुले आउने जती सबैलाई उपचार गर्न चाहेर पनि सकिरहेका छैनन्, उपचारपछी बाच्ने सम्भावना जसको बढी छ, उसलाई बेड दिनुपर्ने, औषधी दिनुपर्ने अवस्था आएको छ। त्यसले गर्दा बुढाबुढीहरुले उपचार पाउने सम्भावना घट्दो छ। थोरै जनशक्ती र स्रोतले सबैलाई धान्नै नसकिने देखिएको छ। भेन्टिलेटर चाहिने सिकिस्त विरामीलाई अक्सिजन मात्र लगाएर राख्नुपर्दा मर्नेको संख्या बढ्दो छ। यस्तो तरिकाले आँखै अघी बाँच्नसक्ने र बाँच्नपर्ने विरामी म’रेको देख्दा डाक्टर, नर्स विक्षिप्त छन्। तर गर्न सकिने केही छैन, पूरा सिस्टम धरासायी हुँदैछ।
पाँचौ स्टेज- रेड जोनबाट भागेर घर पुगेका १० हजार जना बारे अघी भनिसकें। अब उनीहरुले गर्दा पूरा इटालीभरी भा’ईरस फैलिसकेको छ। अब पूरा देश नै क्वारान्टाइनमा छ। सकेसम्म भा’ईरस फैलनबाट रोक्ने भन्ने उद्देश्यले। तर मान्छेहरु काममा जान, किनमेल गर्न, औषधी पसल जान सक्छन् किनभने व्यापार त रोकिनु भएन नि, नत्र अर्थतन्त्र धराशायी हुन्छ। अब सबै जनाले मास लगाउने, पन्जा लगाउने गर्न थालेका छन्। तर अझै पनि केही मान्छेहरु भेटिन्छन् जो आफूलाई भाईरससँग ड’र लाग्दैन भन्ने गर्छन्, अनी साथीभाइ जम्मा हुन्छन्, खान्छन्, पिउछन्, रमाइलो गर्छन्।
छैठौं स्टेज– २ दिनपछी सूचना आउछ, रेस्टुरेन्ट, बार, सपिङ सेन्टर सबै खालका पसलहरु बन्द गर्नुपर्छ, केही सुपर मार्केट र औषधी पसलहरुलाई छोडेर। तिमी घर बाहिर हिंड्नको लागि एउटा सर्टिफिकेट बोक्नुपर्छ, जसमा आफ्नो नाम, घर, कहाबाट आएको, कहाँ जाने, किन जाने सबै कुरा खुलाएको हुनुपर्छ। जताततै प्रहरीको चेक पोइन्टहरु छन्। विना अत्यावश्यक काम बाहिर निस्केको भेटिएमा २०६ युरो फाइन लाग्छ, अझ तिमी कोरोना भा’ईरस पोजिटिभ हौं भने त ह’त्यारालाई लाग्ने कानुन लाग्छ र १२ वर्षसम्म जे’ल बस्नुपर्ने हुन्छ।
इटालीको आज मार्च १२ गतेको अवस्था भनेको यही छैठौं स्टेजको छ। र यो अवस्था मात्र २ हप्तामा भएको हो। तेस्रो स्टेजबाट अहिलेको अवस्थामा त ५ दिनमा आएको हो। इटाली, चीन, कोरिया बाहेक अन्य विश्व अहिले पनि पहिलो स्टेजमै छ, कुनै देश दोस्रो स्टेजमा जान लागेका छन्। तिमीहरुलाई थाहा नै छैन अब कस्तो दिन आउँदैछ भनेर। किनभने २ हप्ता अघी मलाई पनि थाहा थिएन अवस्था यस्तो हुन्छ भनेर। तर अहिले त्यो नसोचेको सपना वास्तविकता बनिसकेको छ।
अझै पनि धेरै देशहरुले “यो हामीलाई लाग्दैन, हाम्रो देशमा आउन सक्दैन, मौसम वा भगवानले हामीलाई बचाउछ” भनेर रोकथाम र उपचारको लागि तयारी नगरी हल्का रुपमा लिएको देख्दा डर लाग्छ। यो समस्यालाई वेवास्ता गर्दैमा, समस्या छैन भनी आँखा छोप्दैमा, हल्का रुपमा लिदैमा यो हराएर जाने वाला छैन।
हाम्रो इटालीको सरकार पूरै देशलाई ‘लक डाउन’ गरेर राम्रो गरेको हो, यो भा’ईरसलाई अरु फैलनबाट रोक्न यही उपाय हो। चीनमा यो तरिकाले काम गरेको छ, आशा छ हाम्रो देशमा पनि काम गर्छ। शुरुमा फैलिएका केही शहरहरुमा यसले नयाँ सं’क्रमण घटाऊनलाई काम गरेको छ। त्यस्तै व्यापार व्यवसाय बन्द गरेर बस्नुपरेका नागरिकहरुलाई सरकारले सहयोगी नियम ल्याउनु भएको छ।
यी कदमहरु एकदमै अफ्ठ्यारा हुन् तर यी नगरे देश र विश्वको हालत के होला भनेर सोच्न पनि सकिन्न। कती देशहरुले यो स’मस्यालाई आफ्नो हैन, आफ्नो देशमा आएको छैन भनेर समय छदै सावधानी नअपनाएको देख्दा रि’स पनि उठ्छ।
मलाई लाग्छ यो विश्वभरी फैलिएको कोभिड-१९को प्रकोपले पूरा समाजलाई नै परिवर्तन गर्नेछ, तपाईंलाई के लाग्छ? त्यसैले साथीहरु, तिम्रो देश र ठाउँमा यो भा’ईरस देखिन थालेको छ भने यसको मतलब यो फैलिरहेको छ, तिमीहरु हामीहरु भन्दा १-२ हप्ता पछाडि छौं, केही समयमा हाम्रो अहिलेको अवस्थामा आइपुग्छौ। त्यसैले प्लिज, प्लिज, प्लिज अहिलेबाटै गर्नुपर्ने सावधानीहरु गरिहालौं, मलाई यसले भेट्न सक्दैन भनेर भ्रममा नबसौं, हामी इटालियनहरुलाई पनि त्यस्तै लागेको थियो। अनी सकेसम्म घरमै बसौं, भिडभाडमा नजाऔं। आफ्नो हात सफा राखौं, साबुन पानीले हात धोऔं। टेक केयर। -फेसबुकबाट साभार

Sunday 1 March 2020

आखिर किन झापट देखि जुता खादैछ्न प्रचण्ड \ तपाईको बिचार किन येस्तो हुदैछ आफ्नो कमेन्ट लेख्नुहोस

आज नेकपा का अध्यक्ष पुस्पकमल दाहल प्रचण्ड लाई जुत्ता पर्हार गरेको सामाचार जताततै पढ्न र देख्न पाइन्छ आखिर किन जन्तामा येस्तो निरासा छ तेहि मावोबादी लागेका परिवार र परिवार का ब्याग्ती हरुले नै प्रचन्ड प्रती येस्तो व्यबहार देखाउनुमा सिङ्गो मावोबादी पार्टी को दोस हो कि एक्ला प्रचण्ड को मात्र दोस हो तपाइँ हरु के भन्नू हुन्छ किन आम जनता मा येति धेरै प्रचण्ड प्रती निरासा जागेको छ  आखिर  यो देस प्रचण्डले गर्दा नै येस्तो अवस्था मा पुगेको हो तपाईं को बिचार मा के भन्नुहुन्छ के प्रचण्ड जस्तै अरुनेता पनि तेतिकै दोसि छन् कि प्रचण्ड मात्र दोसि हुन हाम्रो देसको हालत येस्तो हुनमा  तल कमेन्टमा आफ्नो अमुल्य  सुझाव राख्नुहोला धन्यवाद