Tuesday 12 May 2020

आगोले जल्ने प्रहरीको प्रधानमन्त्री लाई पत्र सबैले सेयर गरौं

तस्वीर हेर्नुहोस पहिला अनि पत्र पढ्नुहोस 
सिपाहीको जिउमा लगाएको बर्दि जलाएर त के ? यदि  म सिपाही नै जलेर पनि कालापानी फिर्ता आउने र नेपाल जोगिने भए जन्मभूमिको नाममा म हास्दै गर्वका साथ मेरो देह दाह गर्न आत्मा देखि नै तयार छु ।
म त्यो प्रेरणा बोकेको सिपाही हु जसको "देशको लागि प्राण त्याग गर्नु भन्दा ठूलो अरु कुनै दान, धर्म र दर्शन छैन"!
जय नेपाल !! जय राष्ट्रबाद!! भनी सम्झिन्छु तरा बिड्म्बना हामी जस्तो सिपाइले मात्र चाहेर के हुन्छ । जब सम्म  हामिलाई भारतीय सेनाको विरुद्ध पाइला चाल्ने अनुमती दिदैनन वा राजनीति तवर बाट कुटनैतिक पहल गर्दैनन्न नेपाल सरकारले तब सम्म भारतले सधै गिद्दे नजर लगाई राख्ने छ ।हाम्रो सिमाना अतिक्रमण गरिरहने छ आज सामान्ननि प्रधानमन्त्री केपि शर्मा वली ज्युलाई, म एक बाहालवाला  प्रहरी निरक्षक  रास्ट्रभक्त सपूत  तपाई लाई केहीकुरा राख्न मेरो  अंत हिर्दयबाट नै मलाई प्रेरित गर्यो र आज यो पत्र बनाइ सन्देश लेख्दैछु अन्लाईनको मार्फत थाहाछैन तपाई सम्म पुग्छकि पुग्दैन  । यदि धेरै रास्ट्रभक्त देश प्रेमी युवामन हरुले चाह्यो भने धेरै सेयर गरेर यो पत्र तपाई सम्म प पक्कै पुग्नेछ । 

म कर्तव्यपालनामा अनि मेरो  कालापानी :
कालापानी लगायत देशै भरिको सिमा अतिक्रमणका बिषयमा ब्युतिने स्व:स्फूर्त जनआवाज र जनआक्रोश सल्युट योग्य छ । मलाई त्यति जानकारी र ज्ञान त छैन, मेरो पनि राष्ट्र सेवाको १ बर्षे कार्यकाल कालापानी र लिपुलेकको सिमामा खटिँदा जोडिएको अटुट साईनो भने अवश्य छ ।

मौसमी आन्दोलन र अन्तर्राष्ट्रियकरण बाट मात्र कालापानी र नेपालको पुनर्मिलन ज्यादै कठिन छ तसर्थ आवश्यक दस्तावेज सहित शिर्ष स्तरिय संबाद नै समाधानको सर्वोत्तम उपाय हुनसक्छ भन्ने मेरो बुझाई छ । मेरो कुनै पार्टी र नेतासंग आस्था र असहमति छैन यद्यपि सिमा समस्या समाधानको लागि बर्तमान परिप्रेक्षमा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली भन्दा उपयुक्त व्यक्तित्वको खोजी असंभव प्राय छ । हुन त आ-आफ्नै बिचार र तर्कहरू होलान तर भारतीय समकक्षी संगको सामिप्य
ता र स्वभाव समेत नियाल्दा उहाँको आटिलो अठोट सिमा समाधानको निमित्त अहिलेको प्रधान आवश्यकता हो ।

फरक प्रसंगमा बिजय नजिक पुगेको भान हुने गरि कालापानीमा सशस्त्र प्रहरीलाई तैनाथ गरिएको भनि सामाजिक सञ्जालहरुमा बाहिर आए जस्तो कालापानी क्षेत्रमा नै अवस्थित उपस्थिति होईन जहाँ बर्षौ देखि भंसार कार्यालय र प्रहरीको  तैनाति रहेको स्थानमा नै सशस्त्र प्रहरी खटाईएको हो, स्वयं उक्त क्षेत्रमा कर्तव्यपालनाको सिलशिलामा रहँदा भौगोलिक कठिनाई र बिबिध कारणले खाद्यान्न अभावमा सोही स्थानमा भारतका तर्फबाट तैनाथ रहेका सुरक्षा संयन्त्र भारतीय सेना (Indian Army), एस.एस.बि.(Seema Surakchhchhya Bal), आई.टि.बि.पि.(India Tibet Border Police) र ग्रिफ (General Reserve Engineer Force) बटालियनका शिविरहरुमा समन्वय र सहकार्य गरि खाद्यान्नको जोहो गरेको दू:खद एवं रुखो अनुभव स्मरणमा अहिले पनि ताजा छ । यति मात्र होईन तत्कालीन (बि.स.२०६४) समयमा अतिक्रमित भुमि कालापानी र गुञ्जि क्षेत्रमा प्रवेशको लागि भारतको धार्चुला स्थित जिल्ला तहसिल (प्रशासन) कार्यालयबाट जारि रुट परमिट बाहेक विशेष गरि नेपाल स्थित सुरक्षा संबद्ध र सरकारी ओहदामा आसिन अधिकारीलाई पुर्ण रुपमा प्रवेश निषेध गरिएको व्यवस्था बमोजिम नै हामिले पनि कालापानी प्रवेशको अथक प्रयास बिफल भएको नमिठो सम्झना छ, अतःराज्यबाट समेत समयमा नै प्रार्थमिकतामा पर्न नसकेको गम्भिर जटिलतालाई मिनिमाईज गर्न मनकान्छे जोरजुलुम गरेर, आफ्नै देशको प्रहरीलाई ढुंगामुढा बर्साएर, प्रहरीले प्रदर्शनकारीलाई लठ्ठी बर्साएर वा काठमाडौंमा मोदिको पुत्ला जलाएर कति निकास पाउला आफै मनन गर्नुहोला ।

बाँकि काठमाडौंमा हुने मोफसलको बिरोधले दिल्ली थर्क मान हुने र स-सम्मान नि:सर्त कालापानी भुभाग नेपाललाई सुम्पिने कुरा त मलाई लाग्दैन आफ्नो दाजुभाइ दिदिबहिनी हरु सङ्ग नै आन्दोलन गर्नु लठ्ठी बजाउनु ढुङ्गा मुडा खानु भन्दा त बरु  हामिलाई आदेश देउ हामी कालापानी मा गएर उनिहरु सङ्गै लड्छौ सकेभुमी फिर्ता ल्याउछौ नसके देशको लागि माटो जननी जन्म् भुमिको लागि प्राण त्याग्छौ । हामी मात्र होइन जो यी जोश बोकेर काठमाडौमा भारतको बिरोध गरि आफ्नै देशको सम्मपती तोडफोड माउत्रिएका आफ्नै सुरक्षा को लागि खटिएका प्रहरी दाजुभाई को ज्यानमा बर्दीमा आगो लगाउने  ढुङ्गा मुडा हामिलाइ प्रहार गर्नेहरु पनि यदि बहादुर नै हुन्न साच्चै रास्ट्रभक्त देशप्रेमी नै हुन्नभने हामी सङ्गै कालापानी मा हिडुन । हामी आगाडी बाट युद्द मोर्चाको पहिलो पंक्ति मा बसेर लड्छौ । 
यी ढुङ्गा मुडा गर्ने तोडफोड गर्ने नाराजुलुस गर्ने आफ्नै दाजुभाइ हरुको बर्दीमा आगो लगाउने महान आफुलाई देशभक्त सम्झिने दाजुभाइ दिदिबहिनी ले हामीलाई त्य्हा लडाइँ लड्दा पानी सकिएर तिर्खाले प्याक प्याक भएको बेला मात्र हाम्रो लागि पानी ल्यादिने काम गरिदिउन र पछाडि बाट हौसला दिराखुन  हामी लड्छौ आगाडी बाट भन्दै
जय नेपाल । जय जननी जन्मभुमी ।     
                                 

तपाईलाई यो कस्तो लाग्यो । मन पर्यो भने सेयर गर्न नबिर्सनुहोला ।  धन्यवाद  ।

1 comment: