Saturday 21 March 2020

के सहयोग चाहिन्छ कोरोनाकोलागि सि जिनले चिनबाट नेपाल र नेपाली लाई संदेश पठाएर/ नेपाल सरकारलाइ पत्र लेख्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सुरुमै प्रभावित भएको छिमेकी चीनले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ । चिनियाँ दूतावास मार्फत चीनले नेपाल सरकारलाई के-के सहयोग र सहा यता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको छ ।चीनले नेपाललाई पठाएको पत्रमा सोधिएको छ– के नेपाल योबेला चीनको सहयोग र सहायता चाहान्छ ? जस्तो कि नेपाल लाई उर्जामा सहायता चाहिएको हो ? नेपाललाई हामीले मास्क र अ’न्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउनु पर्छ ? हामी जुनसुकै बेला पनि तप्तर छौं । चीनले नेपालमा कोरोना भाइरस संक्रमण अन्त्य भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक चीनबाटै पहिलो भ्रमण गराउन समेत चाहेको
जनाएको छ ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल कोरोना संक्रमणको सम्भावित दबावमा रहेको र यसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको भन्दै चीन यसबेला नेपाललाई सबैखाले सहायता दिन तयार रहेको जानकारी गराइएको छ । चीनले केही राष्ट्रलाई सहा यता बढाउने नीति अनुरुप नेपालको आवश्यकता के हो भनेर सोधेको हो ।केही दिनअघि मात्र चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग टेलिफोन गरी नेपाललाई कोरोना संक्रमणबाट जोगाउन चीनले आवश्यक जुनसुकै सहायता गर्ने बताएका थिए । नेपालले चीनलाई कोरोना विरुद्ध लड्न १ लाख थाम मास्क पठाएर ऐक्य वद्धता जनाएको थियो ।त्यस्तै उसले चीनले नेपालका विकास परियोजनाहरुमा तिब्रता दिइने समेत बताएको छ। चीनसँग आवश्यक सहयोगबारे छलफल भइरहेको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताए । उनले चीन र भारत दुवैतिरबाट सहयोगको कुरा आएको प्रष्ट पार्दै नेपाल सबै छिमेकीहरुसँग मिलेर यो महामारी वि’रुद्ध ल’ड्न सक्षम रहेको बताए ।

No comments:

Post a Comment